२५ वर्षमा बिहे गरेर २६ र २८ वर्षमा एक–एक बच्चा जन्माउने योजना थियो । तर सोचेझैं नहुने रहेछ, जिन्दगानीमा ।
वास्तवमा बच्चा जन्माउने कुरै मेरा लागि कठिन थियो । बच्चैमा दम बढेसँगै शारीरिक स्थिति कमजोर थियो । सन् २००६ मा थाइराइड देखियो । त्यसपछि धेरैले भन्न थाले, ‘मोटी छे, दमसँगै थाइराइड पनि छ । यसको बच्चा हुँदैन ।’ जिन्दगीमा आमा हुन नपाउने पो हो कि भन्ने चिन्ताले खुब सतायो ।
तनावबीच बिहे भयो । बिहे भएको लामो समयसम्म गर्भ बसेन । छिमेकी र आफन्तले कुरा काट्न थाले । चिन्ता झन् बढ्यो । डिप्रेसनमै जान्छु कि जस्तो लागेको थियो, त्यो बेला । अरूले जेजे भने पनि हामी श्रीमान् श्रीमतीबीच समझदारी थियो । हामी मानसिक रूपमा तयार थियौं । तैपनि एक नारीलाई आमा हुने लोभले गाँजिरहँदो रहेछ ।
- मातृत्वको अनुभवले महिला पूर्ण हुने कुरा साँच्चै हो रहेछ । बाबुलाई एकपटक हेर्दैमा पनि मेरा सारा पीडा हराउँछन् ।
अभावबीच जिन्दगी चलिरहेकै थियो । एक्कासी मेरो महिनावारी रोकियो । गर्भ बसेछ । यो कुराले खुसीको सीमै रहेन, आमा हुने सपना पूरा हुने भयो भनेर । तर, त्यसको केही समयपछि नराम्ररी रक्तश्राव भयो । जतिबेला म मिसक्यारेजसम्बन्धी नाटक गर्दै थिएँ । नाटक गर्दा गर्दै म बेहोस जस्तै भएछु । पछि उक्त घटनालाई नाटकको भूमिकाकै रूपमा लिएर आफूलाई सहज बनाउने प्रयास गरें । तर मनमनै लागिरह्यो, ‘कस्तो कर्म लिएर जन्मिएछु, नारीलाई प्रकृतिले दिएको सुन्दर अनुभव पनि भोग्न नपाउने भएँ ।’ यो सम्झेर निकैबेर रोएँ, रोइरहें ।
त्यसको केही समयपछि म एउटा नाटककै लागि काम गर्दै थिएँ । अचानक शरीरभर एलर्जी भयो । नाकमुख सुन्नियो । श्रीमान् पनि सुटिङका लागि बाहिर जानुभएको थियो । बुबाले नाटक स्पटमै आएर अस्पताल लैजानुभयो । यस्तो लाग्यो, ‘अब बसेको गर्भ पनि खेर जाने भो ।’
- बाबु १७ महिनाको हुँदा अर्को समस्या देखियो । ठूलो आन्द्राले सानो आन्द्रालाई खान थालेको रहेछ । चिकित्सकको सल्लाहअनुसार बाबुको अप्रेसन समयमै गरियो । डाक्टरबाट थाहा पाएँ– १० मिनेट मात्रै ढिलो भएको भए बाबु बाच्दैनथ्यो ।
बुबाले सिधैँ इमरजेन्सीमा लैजानुभो । श्रीमान् पनि अस्पताल आउनुभयो । हामी आपसमा अँगालोमा बाँधिएर धेरैबेर रोयौं । अन्नतः बच्चालाई केही नभएको सूचना आयो । हामीमा खुसी फर्कियो ।
त्यसपछि गर्भवती अवधिभर मलाई केही भएन । खासै वाकवाक लाग्ने पनि भएन । अमिलो पिरो खान मन लाग्थ्यो, खान्थें । मोटी र थाइराइडको बिरामी भएकाले बच्चा नर्मल नहोला भन्ने चिन्ताचाहिँ भई नै रह्यो ।
२२ हप्ताको अल्ट्रासाउन्ड मेरा लागि निकै महत्तवपूर्ण रह्यो । त्यहीँ अल्ट्रासाउन्डबाट बच्चाको अवस्था थाहा हुने बताइएको थियो । त्यो रिपोर्ट ठीक नभए बच्चा फाल्नुपर्ने खतरा थियो । त्यसैले भगवानलाई पुकारें । बच्चाको स्थिति ठीक होस् भनेर कामना गरें । रिपोर्ट पोजेटिभ आयो । खुब खुसी लाग्यो ।
- क्यामरामेन पुरुषोत्तम प्रधानकी ११ दिने सुत्केरी श्रीमतीको मृत्यु भएको न्युजफिड देखें । मेरो प्रेसर ह्वात्तै बढ्यो । त्यसै त्यसै तनाव भयो । अस्पताल गएँ ।
८ महिनाको गर्भ हुँदा कान्तिपुर गोल्ड टिभीमा ‘पवनकली शो’ सुरु गरें । लगातार तीन महिनाका लागि पुग्ने ब्याकअप शो सुटिङ गरें । आमा जति सक्रिय हुन्छिन्, बच्चा त्यति स्वस्थ्य हुन्छ भन्ने सुनेकी थिएँ । त्यसैले सुत्केरी हुने अघिल्लो दिनसम्म पनि म काममै व्यस्त भएँ ।
एकदिन फेसबुक चलाउँदै थिएँ । क्यामरामेन पुरुषोत्तम प्रधानकी ११ दिने सुत्केरी श्रीमतीको मृत्यु भएको न्युजफिड देखें । मेरो प्रेसर ह्वात्तै बढ्यो । त्यसै त्यसै तनाव भयो । अस्पताल गएँ । डाक्टरले अपरेसन गरेर बच्चा निकाल्नुपर्ने बताए । डाक्टरले नर्मल डेलिभरीका लागि दिएको मितिभन्दा २२ दिनअघि नै अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भयो, निकालियो ।
अपरेसन गरेर सिलाउन्जेल ब्लडप्रेसर एकदमै बढ्यो । १०४ डिग्री ज्वरो आयो । बिरामी भएकाले डाक्टरले सात दिनसम्म बच्चालाई छुन दिएनन् । त्यो समय एकदम पीडादायी रह्यो । यतिसम्म कि, जन्मेको ७२ घण्टापछि बाबुलाई पनि थाइराइड देखियो । निकै नै पीडा भयो ।
घर फर्किएपछि म्युजिक ब्यान्ड १९७४ एडीका मनोज केसीकी श्रीमतीको बच्चा जन्माउन नसकेर मृत्यु भएको खबर सुनें । उक्त खबरले मलाई स्तब्ध बनायो । त्यतिबेला मैले प्रमोद (श्रीमान्)लाई भनेकी थिएँ, ‘म मरें भने पनि अर्को बिहे नगर ल ! म त फेरि सपनामा तर्साउन आउँछु नि !’
- बाबु दुई महिनाको भएपछि रहर पूरा गर्ने अवसर पाएँ । बाबुलाई १४ महिनासम्म दूध खुवाएँ । बाबुले पहिलो पटक मेरो स्तन चुस्दा जीवनकै सबैभन्दा बढी आनन्दानुभूति भयो ।
बाबु जन्मियो । नौ दिनको दिन हस्पिटलबाट घर फर्कियौं । घर आएको भोलिपल्ट (१२ वैशाख २०७२) महाभूकम्प आयो । त्यतिबेला बाबुलाई भुईंमा सुताएर तेल दल्दै थिएँ । अचानक जमिन हल्लिएपछि मैले कसरी लुगा लगाइदिएँ, केही यादै छैन । अगाडिको ठूलो दराज ढल्न लागेको रहेछ, यति छिटो बाबुलाई च्यापिहालें । एक छिन ढिलो भएको भए बाबुलाई के हुन्थ्यो, सोच्दै डर लाग्थ्यो । बाबुसँगै रहेको उसको पट भने कच्याककुचुक भयो ।
एक महिना त तेल पनि लगाइनँ । पछि नर्मल अवस्था भएपछि तेल लगाउन पाएँ । तेल लगाइदिने क्रममा दिदीले देखाइदिइन्– मेरो पेटको टाँका फुस्केर देखिएको भित्रको मासु । साह्रै डर लाग्यो । डाक्टरकहाँ गयौं । डाक्टरले टाँका सिलाउन नमिल्ने बताए । उनले एन्टिबायोटिक्ट खाएर घाउ सुकाउन सुझाए । त्यसै गरें ।
बाबुलाई दूध खुवाउन साह्रै रहर लाग्थ्यो । तर दुई महिनासम्म बाबुलाई दूध खुवाउन पाइनँ । बाबु दुई महिनाको भएपछि रहर पूरा गर्ने अवसर पाएँ । बाबुलाई १४ महिनासम्म दूध खुवाएँ । बाबुले पहिलो पटक मेरो स्तन चुस्दा जीवनकै सबैभन्दा बढी आनन्दानुभूति भयो ।
साढे तीन किलोको बाबु जन्माएकी थिएँ । तर बाबुको जिब्रो बाँधिएको थियो । सोचें– आमा–छोरा दुवैलाई रोगले नछोड्ने भयो । कस्तो दैव रहेछ ! तीन महिना पछि बाँधिएको जिब्रो काटियो । खुसी लाग्यो ।
बाबु १७ महिनाको हुँदा अर्को समस्या देखियो । ठूलो आन्द्राले सानो आन्द्रालाई खान थालेको रहेछ । चिकित्सकको सल्लाहअनुसार बाबुको अप्रेसन समयमै
गरियो । डाक्टरबाट थाहा पाएँ– १० मिनेट मात्रै ढिलो भएको भए बाबु बाच्दैनथ्यो ।
मैले बाबुलाई सँगसँगै काममा लैजान थालें । काम गरिएन भने आयस्रोत कम हुने कुरा मात्रै थिएन, मनमा कुरा खेलाएर बिरामी हुन्थें होला । म त्यतिबेला १ सय ३ तीन किलाको थिएँ ।
त्यही बेला कबड्डीका लागि अफर आयो । घान्द्रुक जानुपर्ने भयो । बाबुलाई सँगै लगें । चलचित्रकै लागि २३ किलो घटाएँ । पोहोर सालदेखि मात्रै हो बाबुलाई छोड्न थालेको ।
- एक्कासि मेरो महिनावारी रोकियो । गर्भ बसेछ । यो कुराले खुसीको सीमै रहेन, आमा हुने सपना पूरा हुने भयो भनेर । तर, त्यसको केही समयपछि नराम्ररी रक्तश्राव भयो ।
इन्डियामा नाटक गर्ने क्रममा बाबुलाई ब्याक स्टेजमा सुताएर राखेकी थिएँ । बाबु उठेछ, ऊ त हेयर जेल पो खाँदै रहेछ । अहिले बाबु ५ वर्षको भइसक्यो । सानैमा देखिएको थाइराइड पनि निको भएको छ । जिब्रो ठीक छ, आन्द्रा पनि ठीक छ । जीवनमा मैले धेरै दुःख भोग्नुपर्यो । जन्मेदेखि रोग साथी भयो । सन्तान प्राप्तिको चाहना पूरा गर्न धेरै संघर्ष गर्नुपर्यो ।
धेरैले ‘पवनकली शो’ हेरेर प्रतिक्रिया दिए । भने– कति रमाइलो, कति खुसी रहेछौ । हुन त म दुःखी भइहाल्ने खालकी पनि होइन । प्रसव पीडाभन्दा प्रसव खुसीले मेरो पुनर्जन्म भयो । मातृत्वको अनुभवले महिला पूर्ण हुने कुरा साँच्चै हो रहेछ । बाबुलाई एकपटक हेर्दैमा पनि मेरा सारा पीडा हराउँछन् ।
(कलाकार लुनिभा तुलाधरले नेपाली पब्लिकको नियमित स्तम्भ ‘प्रसव : पीडा र खुसी’का लागिसिर्जना दुवाल श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)
प्रसवः पीडा र खुशी स्तम्भका सामाग्रीहरु पनि पढ्नुहोस्
‘डाक्टर ! पेटमा त अर्को पनि बच्चा छ कि क्या हो ?’- कलाकार सरिता लामिछाने
‘बच्चा सम्झेर कति रात झिमिक्क गरिनँ’- खेलाडी आयुशा शाक्य
चौध घण्टा बाँचेको छोरो- नेत्री हिसिला यमी
‘फिल्म खेल्न गर्भपतन गराएँ’- कलाकार करिश्मा मानन्धर
‘सबैले भन्थे तिम्रो बच्चा हुँदैन, बच्चा जन्मेपछि ७ दिन छुन पाइन’-कलाकार लुनिभा तुलाधार