शरीर र मस्तिष्क एक अर्कामा अन्तरसम्बन्धित हुन्छन् । शरीर निरोगी हुँदा मस्तिष्कले सही रूपमा काम गर्छ । यसरी नै मस्तिष्क स्वास्थ्यले शारीरिक स्वास्थ्यलाई पनि निर्धारण गर्दछ । अर्थात् मानसिक स्वास्थ्यलाई ठीक गरेमा शारीरिक स्वास्थ्य पनि हीतकारी हुन्छ ।
यहाँ मानसिक स्वास्थ्यको उपचारमा प्रयोग गर्न सकिने केही महत्त्वपूर्ण र सजिलै उपलब्ध आयुर्वेदिक औषधीहरु जस्तै ब्राह्मी र जटामांसीको बारेमा संक्षिप्त चर्चा गरिन्छ ।
आयुर्वेदीय प्रमुख ग्रन्थहरुमा सबैभन्दा पुरानो ग्रन्थ चरकसंहिताले मानसिक स्वास्थ्यको चर्चा गर्ने क्रममा मनविकारका विविध कारणहरुको उल्लेख गरिएको छ । मद, उन्माद जस्ता मनको विकारजन्य समस्याहरुको विशद् विश्लेषण गरिएको छ । पश्चिमा विद्वान्हरुमध्ये गेरिट यान म्यूलेन्बेल्ड (सन् १९२८–२०१७) ले आयुर्वेदिक स्वास्थ्य प्रणालीले उल्लेख गरेको मानसिक स्वास्थ्यको गहन अध्ययन गरेका छन् ।
कायचिकित्सा (इन्टर्नल मेडिसिन), शल्यचिकित्सा (सर्जरी), शालाक्यचिकित्सा (इयन्टी), कौमारभृत्य (गाइनोकोलोजी, पेडियाक्ट्रिक्स्), भूतविद्या (इन्स्यानिटी र इपिलेप्सी), अगदतन्त्र (टक्सिकोलोजी), रसायन (अल्केमी।इयाट्रोकेमिष्ट्री) र वाजीकरण (एफ्रोडिजियाक्स्) गरी आयुर्वेदमा आठ शाखाहरुमध्ये भूतविद्या एक प्रमुख शाखा हो । भूतविद्याले मानसिक स्वास्थ्यसम्बन्धी विश्लेषण अनि उपचारको प्रक्रियाको बारेमा चर्चा गर्छ ।
- ज्यादा चिन्ता, विषाद अनि कुनै कुरामा ज्यादा तृष्णा आदि उन्मादीका कारण बन्न सक्छन् । मानसिक समस्याका अन्य प्रमुख कारणहरुमध्ये अति लोभ, मोह, इर्ष्या पनि हुन् ।
उन्माद (इन्स्यानिटी, अपस्मार–इपेलेप्सी) भनेर चरकसंहिता र सुश्रुतसंहिताले मानसिक विकारको बारेमा उल्लेख गरेका छन् । वाग्भटको अष्टाङ्गहृदयसंहिताले भूतोन्माद, उन्माद र अपस्मार भनेर उल्लेख गरेको छ । यी तीन प्रमुख शास्त्रीय ग्रन्थहरुले प्रमुखताका साथ मानसिक विकारको गहन अध्ययन अनि चिन्तन गरेका छन् । आयुर्वेदीय स्वास्थ्यप्रणालीको प्रमुख आधार वात, पित्त र कफको सही रूपमा संयोजन नहुँदा मानसिक समस्या देखापर्छ भनिएको छ ।
सारांशमा उल्लेख गर्नुपर्दा यी त्रिदोषहरुको सन्तुलन नमिल्दा मानसिक स्वास्थ्यमा गडबडी आउने गर्दछ । वातजनित समस्याले हामीले खाएको खाना राम्ररी नपच्ने जसले गर्दा शरीरमा मस्तिष्कमा बिस्तारै असर गर्ने र कालान्तरमा उन्माद, अपस्मार जस्ता मानसिक विमारीहरु देखापर्ने हुन्छ । ज्यादा चिन्ता, विषाद अनि कुनै कुरामा ज्यादा तृष्णा आदि उन्मादीका कारण बन्न सक्छन् । मानसिक समस्याका अन्य प्रमुख कारणहरुमध्ये अति लोभ, मोह, इर्ष्या पनि हुन् ।
दैनिक क्रियाकलाप, बिहान उठेदेखि राति सुत्ने बेलासम्म हामी के गरिरहेका हुन्छौं भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यलाई असर गरिरहेको हुन्छ । आयुर्वेदीय उपचारपद्धतिमा एउटा भनाई ज्यादै नै प्रसिद्ध छ ‘न ज्यादा न कम, मात्र सन्तुलित’, अर्थात् कुनै पनि दैनिक क्रियाकलाप सन्तुलित हुनुपर्छ ।
स्वास्थ्यवर्द्धक खानाले हाम्रो दिमागलाई प्रत्यक्ष्यरूपमा असर गरिरहेको हुन्छ भने शारीरिक व्यायामले पनि मानसिक स्वास्थ्यलाई निर्धारण गरिरहेको हुन्छ । दिमागी स्वास्थ्य शारीरिक स्वास्थ्यको प्रतिरूप भएकोले सन्तुलित आहारविहार, व्यायाम, आवश्यक आराम इत्यादि कुराले दिमागी स्वास्थलाई निर्देशित गर्दछ । यसका साथै केही आयुर्वेदिक औषधीहरुको नियमित प्रयोगबाट मस्तिष्कलाई अझ बढी कार्यमूलक बनाउन सकिन्छ ।
आयुर्वेदिक संहिताहरुले बताएका मध्य यस आलेखमा ब्राह्मी र जटामांसीको बारेमा संक्षिप्त रूपमा चर्चा गरिन्छ ।
ब्राह्मी (ल्याटिनमा बकोपा मोन्निएरी)
दिमागको लागि बहूपयोगी औषधी ब्राह्मीले मस्तिष्कसम्म रक्तसञ्चार बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । जसले गर्दा अक्सिजन तथा रगत मस्तिष्कको धेरैभन्दा धेरै कोषहरुमा पुग्छ । मस्तिष्कमा रहेका खर्बौं कोषहरुले जति धेरै हितकारी पोषण पाउँछन् त्यति नै दिमागले काम गर्छ । हितकारी पोषणको लागि अक्सिजनले प्रमुख भूमिका खेल्दछ । शरीरमा भएको एन्टी अक्सिडेण्टसंग मिलेर ब्राह्मीले दिमागको नशाहरुलाई बिगार गर्ने तत्त्वहरुलाई तह लगाएर नशारुलाई पुनर्जीवित बनाउन, मूडलाई फ्रेस गरिराख्न सघाउँछ ।
त्यस्तै कगनेटिभ क्षमतालाई पुनर्ताजगी गराउन, मस्तिष्कलाई चाहिने प्रोटिनलाई क्रियाशिल गराउन, परिणामतस् मस्तिष्कमा रहेका स्नायूहरु एक अर्कासँग सञ्चार गराउँदछ । जसले सेरोटोनिन्को वृद्धि हुने तथा स्मरणशक्ति बढ्ने, बिस्तारै सुधार गराउँछ ।
के हो ब्राह्मी ?
ब्राह्मी एक लहरेदार वनस्पति हो । एक प्रकारको एडाप्टोजेन हो, जसको मतलब यसले मानव शरीरलाई मानसिक तथा शारीरिक तनावसँग सामना गर्न सघाउँछ । यसको पातहरुमा सपोनिन अल्कलोइड्स्, फ्ल्याभोनोइड्स्, ग्लाइकोसिड्स्, फाइटोकेमिकल्स जस्ता तत्व्हरुले विशेषतः स्वास्थ्यमा बढावा गर्ने यौगिकहरु वृद्धि गर्ने तागत हुन्छ ।
मस्तिष्कको स्मरण गर्ने क्षेत्र जसलाई हिप्पोक्याम्पस पनि भनिन्छ, त्यहाँ प्रोटिन पुर्याउन मद्दत गर्दै मस्तिष्कका सेलहरुलाई पुनर्ताजगीका साथ ‘नर्भ सिग्नल’मा हस्तक्षेप गरी सकारात्मक ‘सिग्नल’ पुर्याउँछ । यसले गर्दा मूड फ्रेश हुने अनि एकाग्रता आउनुका साथै स्मरण क्षमता वृद्धि गर्दछ ।
- ब्राह्मीले सेरोटोनिन अनि डोपमिन जस्ता हर्मोनलाई पर्याप्त मात्रामा दिमागमा सञ्चार गराएर मनमा शान्ति अनि रमाइलो गराउन मद्दत गर्छ ।
भावनात्मक तथा संवेगात्मक भावनालाई निर्धारण तथा नियमन गर्न ब्राह्मीले सेरोटोनिन्लाई पर्याप्तरूपमा मस्तिष्कसम्म पुर्याउन सघाउँदछ । ब्राह्मीले मस्तिष्कको नशाहरुको संयोजनकारी भूमिकालाई नेटवर्किङ्ग गराउनुका साथै दिमागका रक्तसञ्चार सन्तुलित गराउँछ । ब्लड प्रेसरको लेभललाई भने यसले कुनै हानि गर्दैन र एन्टी अक्सिडेण्टलाई रक्षा गर्दछ । दिमागमा खर्बौं कोषहरुको क्रियाशिलता बढाउनको लागि ब्राह्मीले एकदमै उपयोगी औषधि हो ।
तनाव र चिन्ता घटाउँदै मस्तिष्कलाई सँधै ताजकी गराई खुशी गराइरहन पनि सेरोटोनिन, डोपमिन जस्ता हर्मोनहरुको विशेष भूमिका हुन्छ । ब्राह्मीले सेरोटोनिन अनि डोपमिन जस्ता हर्मोनलाई पर्याप्त मात्रामा दिमागमा सञ्चार गराएर मनमा शान्ति अनि रमाइलो गराउन मद्दत गर्छ । शरीरमा तनाव कम भएमा यसको असर मस्तिष्कमा पनि कमै हुन्छ, यसको लागि ब्राह्मीले सहयोग तनाव हर्मोन घटाउन सघाउँदै रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गराउँछ ।
गुणको भण्डार ब्राह्मीको प्रयोग कसरी गर्ने ?
सामान्यतया २५०–५०० मिलिग्राम ब्राह्मीको धुलोलाई दिनको १(२ पटक खानासँगै वा घिउमा मिलाएर सेवन गर्न सकिन्छ । घिउमा भएको चिल्लोपनले गर्दा छिट्टै घुलन हुने र शरीरले राम्ररी अवशोषित गर्नसक्छ, जसले गर्दा पेटमा हुने गडबडी पनि रोकिन्छ ।
यति सबै उल्लेख गरिदैं गर्दा यो पनि सूचित गरिन्छ कि मान्यताप्राप्त आयुर्वेद चिकित्सकको सल्लाहमा मात्रै यो औषधीको प्रयोग गर्नुभए बेश हुन्छ ।
जटामांसी (ल्याटिनमा नर्डोस्तछ्य्स् जटामांसी)
मस्तिष्कको स्वास्थ्यका लागि अर्को महत्त्वपूर्ण औषधी यसले स्नायुलाई शान्त गराइराख डोपमिन जस्ता हर्मोनहरुलाई सन्तुलित गराउँदछ । तनावलाई कम गर्न सिद्ध जटामांसीले स्मरणशक्तिलाई ढाडस दिनुका साथै प्रेङ्क्रियाजको क्रियालाई निरन्तरता दिन र सुरक्षा गर्न सघाउँछ ।
जटामांसी हाम्रै हिमाली क्षेत्रमा ३०००–५००० मिटर उचाईको स्थानमा सहजै पाइन्छ । यसको महत्वबारे सन् १८२५ मै बेलायती विद्वान् देभिड् डोन्, फ्रान्सिस् ह्यामिल्टनहरुले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
- मस्तिष्कमा हुने रसायनलाई शान्त पारेर तनावपूर्ण अवस्था आउन नदिने स्नायूलाई संयमित गराउन यो लाभदायी छ ।
जटामांसी किन पनि महत्त्वपूर्ण छ भने यसले मानसिक विकार हटाउन सहयोग त गर्छ नै मनमा तनाव कम गरी आराम दिलाउँछ । चिड्चिडेपनालाई बिस्तारै घटाउने, खाना पचाउन तथा भावनात्मक सन्तुलन कायम गर्न यस औषधि अचुक छ ।
भावनात्मक संयोजन आजको जमानामा दुर्लभ हुँदै जाँदा र आधुनिक स्वास्थ्य प्रणालीले मानसिक रोगीको संख्या बढाइरहेको तथ्यबीच सही रुपमा प्रयोग गरेमा यो औषधी सहयोगी सिद्ध हुनसक्छ । दिमागको न्युरल नेटवर्कलाई चलायमान नगरेसम्म मानसिक स्वास्थ्य ठीक नहुने हुँदा उक्त कार्यका लागि पनि यो औषधीको भूमिका छ ।
यसैगरी मस्तिष्कमा हुने रसायनलाई शान्त पारेर तनावपूर्ण अवस्था आउन नदिने स्नायूलाई संयमित गराउन यो लाभदायी छ । जब हाम्रो दिमागमा तनावको मात्र बढी हुन्छ तब गामा अमिनोबुट्रिक् एसिडको मात्रा मस्तिष्कमा बढ्न जान्छ । जटामांसीले सो प्रक्रियामा सामेल भएर उक्त एसिडको मात्रालाई संयोजन अनि सन्तुलन कायम गराउँदछ । अर्थात् खराब मूडलाई सही मूडमा ल्याउन सहयोग गर्छ ।
दिमाग शान्त र खुशी पार्ने औषधि
अर्को रमाइलो पक्ष के हो भने मस्तिष्कमा खुशी रसायन ९ह्याप्पी केमिकल० वृद्धि गर्न पनि जटामांसीले सघाउँदछ, डोपमिन र सेरोटोनिन जस्ता हर्मोनहरुलाई दिमागमा सञ्चार गराउँदै मानसिक स्वास्थ्यमा प्रत्यक्ष वा परोक्षरूपमा असर पार्ने स्मरणशक्ति र कगनिसन जस्ता अत्यावश्यक महत्त्वका विषयमा पनि प्रभाव पार्दछ । विभिन्न स्नायूहरुलाई संयोजित गर्ने केमिकल मेसेन्जरहरुले मस्तिष्कको एक ठाउँबाट अर्को ठाउँमा सन्देश प्रवाह गरिरहन्छन्, जुन निरन्तर हुनु जरुरी छ । यस्तो नियमितताको लागि जटामांसीले पनि मद्दत गर्दछ ।
निद्रा हामी सबैको प्यारो छ । अझ भनौं, गहिरो निद्रा स्वस्थ जीवनको आधार हो । संसारमा करोडौं मान्छेहरु आजकल धेरै कम मात्रै निदाउन सकेका छन्न्, निद्रा नलाग्ने रोगले भयावह रूप लिरहेको छ । खुशीको कुरा के हो भने जटामांसीको प्रयोगले गर्दा निद्रा लगाउन हाम्रो मस्तिष्कलाई प्रेरित गर्दछ । जति हाम्रो दिमाग शान्त हुन्छ उति निद्रा लाग्न थाल्छ अर्थात् निद्रा जगाउन पनि मस्तिष्कलाई शान्त पार्नुपर्ने हुन्छ । जटामांसीको समुचित प्रयोगले दिमागलाई शान्त राख्न सहयोग गर्दछ ।
के, कति, कसरी प्रयोग गर्ने ?
के कति मात्रामा जटामांसीको प्रयोग गर्ने भन्ने बारेमा उत्सुकता हुनु स्वाभाविकै हो । यसको प्रयोगमात्र थोरै हुनुपर्छ । १–३ ग्राम जटामांसीको धूलो प्रत्येक दिन घिउ, मह वा पानीमा मिलाएर सेवन गरेमा स्वास्थ्य लाभ हुन्छ । आफू खुशी जथाभावी औषधिको प्रयोग हानिकारक हुन सक्छ, तसर्थः मान्यताप्राप्त आयुर्वेदिक चिकित्सकको सल्लाह बमोजिम यस औषधीको प्रयोग गर्नुहोला ।
हाम्रै वरिपरी छ औषधि
यसरी हाम्रै प्रकृतिमा सजिलै पाइने औषधिहरुको समुचित प्रयोगबाट मानसिक समस्याबाट धेरै राहत पाउन सकिन्छ । प्राचिन पद्दति अब काम लाग्दैन हामी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को युगमा प्रवेश गरिसक्यौं किन यस्ता पुराना कुरामा ध्यान दिनू भन्ने जमात पनि नभएका होइनन् । तर कुरा के हो भने यस्तो युगमा प्रवेश गरे पनि हाम्रै वरिपरिको प्रकृतिमा पाइने औषधी उपचारले मात्रै त्यो ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सान्दर्भिकता पुष्टि हुन्छ । प्राचिन र आधुनिक एक अर्काका परिपूरक हुन् । दुवै ज्ञानलाई संयोजन गरेर मात्रै वर्तमानको स्वास्थ्य समस्यासँग जुध्न सकिन्छ ।
(आलेखकार आयुर्वेदिक स्वास्थ्य पद्धतिको ऐतिहासिक ग्रन्थका बारेमा अध्ययन अनुसन्धान गर्छन् ।)
मधुसूदन रिमालको ‘पब्लिक हेल्थ डिस्कोर्स’ पढ्नुहोस्,
–मनको विकारले शरीर खान्छ, आयुर्वेदिक औषधीहरुले भर्छ तागत
- सातौं शताब्दीमै लेखिएको थियो हाच्छियुँ गर्दा मुख छोप्ने कुरा
- हातको बूढीऔंला फेदको धमनी मानव जीवनको साक्षी
- नव-उदारवादी अर्थ व्यवस्था महामारीसँग जुध्न सक्छ ?
- आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता