काठमाडौं– पुरस्कार र सम्मान घोषणापछिको विमति तथा विवादका कारण यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने भएको छ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार र सम्मान यसवर्ष क्रमश ‘हंस’ उपन्यासका लागि डा. सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई प्रदान गरिने घोषण भएको थियो ।
पुरस्कार घोषणा गरिएका दुवैको विमति र विवादपछि प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सोमबार मध्यरातमा प्रेस विज्ञप्ती निकाल्दै यस वर्षको दवै पुरस्कार र सम्मान रद्द गर्ने अर्को घोषणा गरेका हुन् ।
पुरस्कार घोषणापछि लेखक डा. उप्रेतीले यौन हिंसाको आरोप यथावत् रहेको प्रश्रितसँगै उभिएर आफूले पुरस्कार ग्रहण नगर्ने बताएका थिए । तर उनले पुरस्कारप्रति आफ्नो कुनै आपत्ति नरहेको भने उल्लेख गरेका थिए । (यो पढ्नुहोस्- ‘यौन हिंसाको आरोप लागेकासँगै उभिएर कसरी पुरस्कार लिऊँ !’)
डा. उप्रेतीले नेपाली पब्लिकसँग कुरा गर्दै भनेका थिए, ‘मैले पुरस्कार बहिष्कार गरेको होइन तर यौन हिंसाका आरोपीसँगै उभिएर कसरी पुरस्कार लिऊँ ?’ डा. उप्रेतीले पुरस्कार प्रदान गर्ने प्रतिष्ठानलाई आफ्नो कुरा राखेको उल्लेख गरेका थिए । सोमबार दिउँसो भने उनले पुरस्कार नलिने बताएको समाचार आएको थियो ।
प्रश्रितले पनि प्रतिक्रिया दिदैं आफ्नो मानमर्दन भएको भन्दै पुरस्कार नलिने बताएका थिए ।
प्रेस विज्ञप्तीको पूर्ण पाठ