कैलालीकी पत्रकार निर्मला पहराईको मृत्यु प्रकरण रहस्यमयी देखिन्छ । निर्मलाको परिवारले निर्मलाका प्रेमी र धनकला (नाम परिवर्तन) को नाममा उनको हत्या गरेर झुन्ड्याइएको भन्दै किटानी जाहेरी दिएका छन् । प्रहरीले निर्मलका परिवारलाई भने आत्माहत्या दुरुत्साहनको मुद्दा हाल्नका लागि सल्लाह दिएको थियो ।
परिवारले उनको शवको प्रकृति र आफन्तलाई निर्मलाले दिएका 'क्लुहरु'का आधारमा भने हत्या भएको आशंका गरेका छन् ।
शवको प्रकृति र झुन्डिएको स्थान
हराइएकी निर्मलाको खोजी गर्दै जाँदा असोज २ गते दिउँसो घोडाघोडी नगरपालिका–५ स्थित फूलबारी सामुदायिक वनभित्र रुइनाको रुखमा झुन्डिएएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । शव भुइँबाट करिब ६ इन्चमाथि रहेको प्रहरीको बताएको छ । निर्मलाको शव भेटिँदा उनको खुट्टाका औंलाको काँपकाँपमा माटो भरिएको तर उनको चप्पल र छातामा माटो नभएको निर्मलाका दाइ विशालको भनाइ छ ।
- निर्मलाको घडी शव भएको स्थानबाट करिब १० मिटर टाढा भेटिएको परिवार र उनलाई खोज्न गएका आफन्तहरुकाे भनाइ छ । निर्मलाले प्रयोग गर्ने मोबाइल भने अझैसम्म भेटिएको छैन ।
लामो समयपछि शव भेटिएका कारण उनको शरीरको एकातिर निलो ट्याटुजस्तो दाग भएको, शरीरको रंग बदलिसकेको र कपालहरुमा डुसी परेको प्रहरीले बताएको छ । उनको शव भेटिएको स्थानबाट २ मिनेटको दुरीमा डेटिङस्पट जस्तो देखिने माछासहितको प्राकृतिक तलाउ छ । यो स्थान हाल अनुसन्धानका लागि थुनामा राखिएका निर्मलाका प्रेमी ललित जाग्रीको घरबाट अन्दाजी ३ सय मिटरको दुरीमा छ ।
निर्मलालाई खोज्दै जाँदा उक्त तलाउदेखि घटनास्थलसम्म भएका घाँस मडारिएको र त्यहाँ कोही दगुरेजस्तो भएको निर्मलाका दाइ विशाल पहराई बताउँछन् । निर्मलाको घडी शव भएको स्थानबाट करिब १० मिटर टाढा भेटिएको परिवार र उनलाई खोज्न गएका आफन्तहरुकाे भनाइ छ । निर्मलाले प्रयोग गर्ने मोबाइल भने अझैसम्म भेटिएको छैन ।
‘शंकाको सुई ललिततिर’
उमेरले ७० वर्ष काटेकी निर्मलाकी आमा बाटुली पहराई छोरीको प्रगति देखेर मक्ख थिइन् । निर्मला कान्छी छोरी हुन् ।परिवार उनकाे चाहनाअनुसार सहयाेग गर्न तयार थियाे । परिवारमा सबैकी प्यारी र पढाइमा पनि अब्बल रहेको बाटुली बताउँछिन् ।
बाटुली छोरीले आत्महत्या नगरेकाे उनको भनाइ छ । उनीप्रतिको यही विश्वासका कारण परिवारबाट पाँच वर्षअघि दिदी भावनाको घरमा पढ्न पठाएको उनी बताउँछिन् ।
- ललितले निर्मलालाई झगडा मिलाउन आऊ भनेर बोलाएका कारण उनीहरुको झगडा भएको र झगडाले यो रुप लिएको हुन सक्ने एकिन्द्रकाे भनाइ छ ।
पछिल्लो पटक निर्मला गत भदौ २८ गते बुवाको श्राद्धमा गाउँ आएर फर्किएकी थिइन् । सबैले दिदीसँग नै होली भन्ने सोचका थियौं । एक्कासि भावनाले बहिनी हराएकाे भनेर भदौ ३१ गते फोन गरेपछि बाटुली तीन छक्क परिन्र । छोरीले कुनै पनि हालतमा आत्महत्या नगर्ने र छाेरीको हत्या नै भएको बाटुलीको जिकिर छ । उनी भन्छिन्, 'त्यो घटनापछि मेरो मन पागल भएको छ । सरकारले मेरो छोरीलाई न्याय देओस् ।’
५ वर्षदेखि आफूहरुसँग बस्दै आएकी निर्मलाको स्वभाव आत्महत्या गर्ने खालकाे नभएको भिनाजु एकिन्द्र विश्वकर्मा बताउँछन् । एकिन्द्र पनि सालीको हत्या ललितबाटै भएकाे हुन सक्ने आशंका गर्छन् । ललितले निर्मलालाई झगडा मिलाउन आऊ भनेर बोलाएका कारण उनीहरुको झगडा भएको र झगडाले यो रुप लिएको हुन सक्ने एकिन्द्रकाे भनाइ छ ।
निर्मलाकी आफनै दिदी कृष्णा पनि शंकाको घेरामा
निर्मलाको मृत्यु रमस्यमयी बन्दै गर्दा निर्मलाकी दिदी कृष्णा शंकाको घेरामा रहेकी छिन् । उनलाई पनि शंका गर्नुपर्ने थुप्रै आधारहरु भएको निर्मलका दाइ विशाल पहराई बताउँछन् । निर्मलासँग अन्तिम पटक उनी नै रहेको र निर्मला सम्पर्कविहीन भएदेखि उनी पनि सम्पर्कविहीन भएका कारण शंका गर्ने आधार भएको विशाल बताउँछन् ।
धनकला बेपत्ता, ललित घरमै
निर्मला र धनकलाबीच ललितको विषयमा झगडा भइरहने ढाँट थरी युवतीले बताइन् । निर्मला हराएको दिन धनकलाले आफ्नोमा आउने भनेको तर पछि नआएको ढाँट थरी युवतीकाे भनाइ छ । उता निर्मला हराएको दिन ललित भने बिरामी भएर घरमै बसेका उनकी भाउजू अम्मरा जाग्रीले बताइन् ।
अम्मराले आफूलाई निर्मलाको बारेमा केही थाहा नभएको र एक्कासि त्यो घटनामा ललितसँग जोडेर खबरहरु आउन थालेपछि अचम्ममा परेको बताइन् । अम्मरा भन्छिन्, 'मेरो देवर चैत महिनामा बिरामी भएर घरमै बसेका थिए । वैशाखदेखि असारसम्म रेडियोमा काम गर्न गए । त्यसपछि साउनको महिनाभरl घरमा बसे र एफएममा काम गर्न छाडे ।