सन् १९५५ मे १४ मा गुआहाटी, भारतमा जन्मेका अविनाश श्रेष्ठले काठमाडौंमा रहेर साहित्य साधना गरिरहेका छन् । उनको ‘परेवा ः सेता–काला’, ‘संवेदना÷ओ संवेदना !’, अनुभूति यात्रामा....’, ‘करोडौं सूर्यहरुको अन्धकार’ कविता संग्रह, ‘गुडबाई रोनिता’ (लघु उपन्यास), ‘तुमियेइ मोर नेपथ्यप्रिया’ (असमिया कविता संग्रह), ‘हेर्नुस् यस शहरलाई’ (नेपाली–जर्मनी संयुक्त कवितासंग्रह), ‘अश्वत्थामा हतोहतः (नाटक) प्रकाशित छन् । ‘तान्या, इन्द्रकमल र अन्धकार’ (कथा संग्रह), ‘आधुनिक भारतीय नेपाली कथा (सम्पादन) रहेका छन् ।
आङनिमा जब तान छुन्छे
सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे
आङ ढाक्ने थोरै कपास बुन्छे ।
अनि आकाश बुन्छे, बतास बुन्छे
जून बुन्छे, घाम बुन्छे
अलिकति देशको नाम बुन्छे ।
पानी, खोला, पहाड, कुइरो
चराचुरुङ्गीको आवाज, माटोको गन्ध
जङ्गलको मीठो सुसेली बुन्छे
आङ्निमा जब तान छुन्छे ।
(२०५२ सालमा लेखिएको यो कविता श्रेष्ठको ‘करोडौं सूर्यहरुको अन्धकार’ संग्रहबाट लिइएको हो ।)
अरु कविताहरु पनि पढ्नुहोस्
पृथ्वी/अपृथ्वी- मनप्रसाद सुब्बा
सुकुनाराँ ज्यापूको तीर्थस्थल- अभय श्रेष्ठ
जादु– कल्पना चिलुवाल
गिट्टी फोर्ने बालक – सरुभक्तको कविता
एउटा निमुखा बुढाको भविष्य - पारिजातको कविता
गलैंचा बुन्नेहरुको गीत - अविनाश श्रेष्ठको कविता
जुत्तामा पालिस लगाउने मजदुर - कृष्णभूषण बलको कविता
उसको भागमा जिन्दगी - जसराज किराँतीको कविता
एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ - विमल निभाको कविता