काठमाडौं– साहित्यतर्फको नोबेल पुरस्कार–२०२० अमेरिकी कवि लुइस ग्लुकलाई दिने निर्णय भएको छ । नोबेल प्राइज अर्गनाइजेसनले लुइसलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
लुइसको जन्म सन् १९४३ मा न्युयोर्कमा भएको हो । उनी लेखनका साथै येल विश्वविद्यालयमा अंग्रेजी विषयकी प्राध्यापकका रूपमा कार्यरत छिन् । उनले सन् १९६८ मा 'फर्स्टबोर्न' लेखिन्, जुन अमेरिकी समकालीन साहित्यमा निकै प्रशंसित भएको थियो ।
उनलाई धेरै प्रतिष्ठित पुरस्कार मिलेको छ, जसमध्ये पुलित्जर पुरस्कार र राष्ट्रिय पुस्तक पुरस्कार पर्छन् ।
हेर्नुहाेस् नाेबेल प्राइज अर्गनाइजेसनकाे आधिकारिक वेबसाइट
https://www.nobelprize.org/