नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले गण्डकी प्रदेश इञ्चार्ज पुथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इञ्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी बैठकले गुरुङ र पोखरेललाई हटाएर नयाँ इञ्चार्ज तोकेको हो।
बैठकले गण्डकी प्रदेशको इञ्चार्जमा देवेन्द्र पौडेल र लुम्बिनी प्रदेशको इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिएको हो। साथै बैठकले पार्टीका नेताहरूको जिम्मेवारी टुंग्याउन लगाउन माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
प्रदेश नम्बर–१, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल पक्षकै नेता इञ्चार्ज छन्। यसअघि, प्रधानमन्त्री केपी ओली पक्षीय बैठकले पनि प्रचण्ड–नेपाल समूहमा रहेका इञ्चार्जहरूलाई हटाएर नयाँ जिम्मेवारी तोकेको छ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। आलोपालो अध्यक्ष अनुसार नेपालले सोमबारको बैठकको अध्यक्षता गरेका हुन्।
याे पनि पढ्नुहाेस् :
नेकपाका दुई अध्यक्षलाई निर्वाचन आयोगको पत्र: प्रचण्डलाई ७ दिन म्याद, ओलीलाई ‘जानकारी’ मात्रै