स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलले पाजित ग¥यो। कप्तान लियोनल मेसी र एन्टोनी ग्रिजम्यानले समान २–२ गोल गर्दै बार्सिलोनालई शानदार जीत दिलाए।
यो जारी सिजनको लिगमा बार्सिलोनाको १० औंजित हो। १८ खेल खेलिसकेको बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा छ। १५ खेलबाट ३८ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्षस्थानमा रहँदा रियल मड्रिड १८ खेलबाट ३७ अंक बटुल्दै दोस्रो स्थानमा छ।
अवे मैदानमा बार्सिलोनालाई शनसनीपूर्ण जीत दिलाउन मेसी र ग्रिजम्यानबीच राम्रो तालमेल मिलेको थियो। अघिल्ला खेलहरुमा धेरै सटहरु प्रहार गरेपनि बार्सिलोनाले त्यसलाई पोष्टको दिशा दिन सकेको थिएन। शनिबार बार्सिलोनाको खेल केहि प्रभावकारी देखियो।
ग्रानाडाविरुद्धको खेलमा बार्सिलोनाले १३ सट प्रहार गरेको थियो। तीमध्ये ४ सट ‘अन तार्गेट’ थिए। ती ४ वटै गोलमा गोलमा परिणत भएको थियो।
१२ औं मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले शुरुवाती अग्रता बनाएको थियो। ३५ औं मिनेटमा ग्रिजम्यानको पासमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ४३ मिनेटमा फ्रिकिकमा सुन्दर गोल गर्दै मेसीलाई बार्सिलोनालाई ३–० को अग्रता दिलाए। एकतर्फी बनेको खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाको फराकिलो जीत पक्का गरे।
ग्रानाडाविरुद्ध २ गोल गरेका मेसी ला लिगाको यस सिजनको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा पुगेका छन्। उनी ११ गोलको साथ लिगमा हालसम्म धेरै गोल गर्ने खेलाडीको सूचिमा टपमा पुगेका हुन्। भिल्लारियलका जेरार्ड मोरेनो १० गोलको साथ दोस्रो स्थानमा रहँदा एथ्लेटिको मड्रिडका लुइस सुआरेज ९ गोलका साथ तेस्रो स्थानमा छन्।