अष्ट्रेलियामा जारी बिग बास लिग(बीबीएल) क्रिकेटमा सिड्नी सिक्सरविरुद्ध होबार्ट हुरिकेन्स् विजयी भएको छ। आइतबार भएको खेलमा होबार्टले सिड्नीलाई ७ रनले हराएको हो।
होबार्टले दिएको १ सय ८९ रनको विपयी लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८१ रन बनायो। उसका लागि जोर्डन सिल्कले ४९ बलमा ७८ रन बनाए। त्यस्तै, मोइसेस हेनरीक्वीसले २५ बलमा ४३ रनको योगदान दिए।
होबार्टको बलिङमा नाथान इलिसले ३ विकेट लिँदा स्कट बोलाण्डले २ विकेट लिए। त्यस्तै, नेपाली स्पिनर सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिए। सन्दीपले विस्फोटक ब्याटिङ गरिरहेका हेनरीक्वीसलाई ४३ रनमा पवेलियनको बाटो देखाए। त्यस्तै, सन्दीपले ड्यान क्रिस्टियनलाई बोल्ड आउट गराए। उनले ४ ओभरमा २४ रन मात्र खर्चिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो। उसका लागि कप्तान म्याथ्यू वाडेले ४४ बलमा ८६ रन र डी आर्सी सर्टले ५२ बलमा ७२ रन बनाए। बलिङमा सिड्नीका सिन एब्बोट, बेन ड्वार्सुइस र जेक बलले समान २–२ विकेट लिए।
र याे पनि,
सन्दीपले मुम्बई इन्डियन्सबाट आइपीएल खेल्ने सम्भावना बलियाे
ला लिगामा सुआरेज : उपाधि जित्नका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई दिएको सुन्दर उपहार