सँगै बाँच्न, दुःख सुख जिन्दगी बिताउने प्रतिक्षा गरेका थिए। तर, श्रीमती, दुई छोरी र एक शिक्षकको हत्या गरे यी व्यक्तिले। घटना भारतको जमशेदपुरको।
जहाँ एउटै घरमा चार जनाको हत्या भएको छ। जमशेदपुरमा टाटा स्टीलको अग्नि नियन्त्रण विभागमा कार्यरत दीपक कुमारले आफ्नी पत्नी र छोरीहरूसहित चार जनाको हत्या गरेर फरार भएका छन्।
कदमा तिस्ता रोड क्वार्टर नम्बर ९७ मा अभियुक्त दीपकले पत्नी ३५ वर्षीया वीणा कुमारी, २२ वर्षिया शिक्षिका रिङकी घोष र १२ र ५ वर्षका २ छोरीको हत्या गरेका हुन्।
दीपक कुमारले उनका साथी रोशन सिंह र उनकी श्रीमतीलाई पनि हथौडा प्रहार गरी घाइते बनाएका छन्। उनीहरूको टिएमएच अस्पतालमा उपचार भइरहेको छ।
रिङकीले विगत २ वर्षदेखि दीपकका छोरीहरूलाई पढाँउदै आइरहेकी थिइन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।