भारतको राजधानी दिल्लीमा एक व्यक्तिले आफ्नी गर्भवती श्रीमतीको गोली हानी हत्या गरेका छन्। घटना निजामुद्दिन ईलाकाको हो। यस दौरान ती व्यक्तिले रोक्न खोज्ने एक अर्का एक छिमेकी यूवकमाथी पनि गोली प्रहार गरे।
गोली लागी गर्भवती महिलाको घटनस्थलमै मृत्यू भयो भने यूवक गम्भिर घाइते भएका छन्। गोली प्रहार गरिसकेपछी ती व्यक्ति घटनास्थलमै बसिरहे र प्रहरी आएपछी आत्मसर्मपण गरे। घटना मगंलवार बिहान करिव पौने ११ बजेको हो।
प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको नाम वसिम हो भने मृतक महिलाको नाम शाइना हो। शाईना ८ महिनाकी गर्भवती थिईन्। उनी २ दिनअघिमात्र तिहाड जेलबाट छुटेकी थिईन्।
यो पनि पढ्नुहोसः घरमा पढाउन आएकी शिक्षिकालाई मारेर लाशसँग यौनसम्पर्क, गरिसकेका थिए श्रीमती र दुई छोरीको हत्या
प्रहरीका अनुसार शाईना र वसिमको बिवाह एक वर्ष अघिमात्र भएको थियो। शाइना जेल गएपछी वसिमको सम्बन्ध शाइनाकी जेठी दिदिसँग थियो। शाइना जेलबाट छुटेपछी पनि वसिम उनलाई भेट्न गएनन्, त्यपछि शाइनाले आफ्नो श्रीमान र दिदिवीचको सम्बन्धबारे थाहा पाएकी थिईन्।
यहि बिषयमा शाइना र वसिमवीच झगडा पनि भएको थियो। झगडा भइरहेको बेलामा नै वसिमले पेस्तोल निकालेर शाइनामाथी गोली प्रहार गरेका थिए। यसैवीच वसिमलाई रोक्न खोज्ने यूवकमाथी पनि गोली प्रहार गरिएको थियो।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस