भरतको जमशेदपुरमा एक निकै क्रुर घटना सामुन्ने आएको छ। अप्रिल १२ तारिखको दिन त्यहा भएको एक घटनाले पुरै शहरलाई नै स्तव्ध बनाएको छ। जमशेदपुरमा भएको एक हत्याकाण्डको छाविनको क्रममा निकै डरलाग्दो तथ्यहरुबाट पर्दा उठेको छ।
जमशेदपुरस्थित एक स्टिल्स कम्पनीमा कार्यरत दिपक कुमार नामका व्यक्ति आफ्नी श्रीमती, दुई वच्चा र एक यूवतीको हत्याको आरोपमा पक्राउ परेका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले निकै भयानक तथ्यहरु पत्ता लगाएको छ।
आफ्ना वच्चाहरुलाई पढाउन आएकी २२ वर्षकी शिक्षीका रिंकी घोषको हत्या गरेपछि दिपकले रिंकीको शवसँग यौनसम्पर्क गरेको स्विकारेका छन्। उनले रिंकीलाई मारेपछि टेपले हातखुट्टा बाँधेर यौनसम्पर्क गरेको बताए। रिंकीको हत्या गर्नुअघि नै उनले आफ्नी श्रीमती र दुई छोरीको पनि हत्या गरिसकेका थिए।
दिपकले आफुँले व्यापारमा धोका पाएको कारण यस्तो गरेको बयान दिएक छन्। रोशन नाम गरेका व्यापारीक साझेदारले धोका दिएपछी आफुँले यस्तो क्रुर घटना घटाएको उनले बताए। चारजनाको हत्या गरिसकेका दिपक अरु २ जनाको हत्या गर्न चाहन्थे।
यो पनि पढ्नुहोसः दिनदहाडै गोली हानी गर्भवती श्रीमतीको हत्या, सिसिटीभीमा कैद भयो घटना (भिडियोसहित)
दिपक आफुँलाई धोका दिने रोशन र रोशनको सालोलाई मार्न चाहन्थे तर उनलाई मारेपछी आफुँ जेल जानुपर्ने र आफ्नो परिवारको विचल्ली हुने सोचेर उनले पहिला आफ्नो श्रीमती र छोरीहरुको हत्या गरेको बताए। परिवारलाई मारिसकेपछी घरमा आएकी शिक्षीकाको पनि उनले हत्या गरेका हुन्।
दिपकले रोशन र उनको सालामाथी पनि हमला गरेका थिए। दिपकको हमलाबाट घाइते भएका उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ।
घटनापछी उनी भागेर आफ्नै मोटरसाईकलमा राउरकेला भन्ने स्थान पुगेका थिए। त्यहाँबाट उनी फेरी पुरी भन्ने स्थानमा गए र त्यहाबाट गाडी चढेर धनवाद पुगे। त्यहा उनी कार ड्राईभरको परिय पत्र देखाएर बसेका थिए। प्रहरीका अनुसार दिवक वेभ सिरिज धेरै हेर्थे जसका कारण उनको मानसिक सन्तुलन समेत विग्रीएको थियो।
यो पनि पढ्नुहोसःएउटै घरभित्र लिइयो ४ जनाको प्राण, पढाउन आएकी शिक्षिकासहित श्रीमती र दुई छोरीको हत्या