भ्यालेन्सियामाथीको जितपछी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले टिमलाई आफ्नै घरमा बोलाएर उत्सव मनाएका छन्। एटलेटिको म्याड्रिडबिरूद्धको खेलअघि भएकाे भेलामा बार्सिलोनाको मनोबल निकै उच्च देखिन्थ्याे, जुन कठिन लिगको दौडका लागि आवश्यक पनि छ।
चाखलाग्दो कुरा के छ भने, मेस्सीको घरमा उत्सव मनाउने क्रममा बजेका गीतहरु सडकसम्म सुनिएको थियो। त्यहाँ घरबाट सेलिब्रेशनको गीतहरू थिए जुन सडकबाटै सुन्न सकिन्थ्यो। बार्सिलोना अझै ला–लिगाको उपाधी दौडमा छ र अहिले तेश्रो स्थानमा छ।
यस दौरानमा मेस्सीको घरमा भएको टिम भेटघाटले जीतको उत्सव वा मेस्सीको ‘बिदाई कार्यक्रम’ भन्ने प्रश्न खडा गरेको छ। कसैले यसलाई टिमको सामान्य भेलाको रुपमा लिएका छन् भने कतिपयले यसलाई कप्तान मेस्सीको विदाई कार्यक्रमको रुपमा अथ्र्याएका छन्। किनभने बार्सिलोनासँग मेस्सीको सम्झौता छिट्टै सकिदैछ र सम्झौता नविकरण समेत भएको छैन्।
जे होस्, ला–लिगाको रेस बाँकी नै रहेकाले बिदाई कार्यक्रमको खास अर्थ हुँदैन। यद्दपी यो उत्सवले लिगका बाँकी चार वटा खेलहरुका लागि मनोबल उच्च भने बनाउनेछ। उपाधी जितेको खण्डमा मेस्सीलाई अर्को सिजनको लागि प िबार्सिलोनामा बस्न सहज हुनेछ।