बढ्दो राजनितीक दौडधुपविच जसपाका अध्यक्ष महन्थ ठाकुरले आज दुई वटा महत्वपुर्ण भेट गरे। पहिलो भेट कांग्रेस सभापती शेर बहादुर देउवासँग, दोश्रो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग। दुबै भेटमा नेता राजेन्द्र महतोसहित पगेको ठाकुरले एउटै कुरा भने – ‘हामी प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिन्नौ, विपक्षमा पनि मत हाल्दैनौ।’
बैसाख ७ गते जसपा तटस्थ बस्ने कुृराले नेपाली राजनितीमा नयाँ तरङ् ल्याएको छ। जसपा तटस्थ बस्दा सतही रुपमा प्रधानमन्त्रीलाई समस्या पर्ने आँकलन भइरहेको भएपनि यसले ओलीलाई नै फाइदा पुग्ने देखिन्छ।
अहिलेको अवस्थामा जसपामा पनि दुई धार देखिएको छ। शुरआती समयमा प्रधानमन्त्रीप्रती अलि लचक देखिएको महन्थ र राजेन्द्र पार्टीभित्र एउटा विचार बोक्छन् भने प्रचण्ड, माधव, देउवानिकट देखिएका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई अर्को विचार।
यादवले प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनाएका छन्। तर, महन्थले तटस्थ बस्ने बताइरहेका छन्। ठाकुर पक्षको यो निर्णयपछी यादव पक्षका नेताहरु अलि हच्किएका छ्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन नसक्ने अवस्था रहेको र ठाकुर पक्ष पनि पार्टीमै अल्पमतमा पर्ने देखेरै तटस्थ बस्ने कुरा बाहिर ल्याएको उनीहरुको बुझाइ छ ।
ठाकुर–महतोलाई बैसाख २७ गते तटस्थ बस्न प्रधानमन्त्री ओलीले नै अह््राएको अड्कलबाजी पनि हुन थालेको छ। माधव नेपाल पक्षले राजिनामा दिने बताइरहेका छन्, राजीनामा नदिएपनि फ्लोर क्रम गर्ने योजना पनि छ। यस्तोमा जसपाको मतले प्रधानमन्त्रीलाई पुग्दैन्। बरु जसपा तटस्थ बस्दा बिपक्षमा पनि मत नपुग्न सक्छ। तसर्थ, उपेन्द्र–बाबुराम पक्षलाई दबाबमा राख्नका लागि पनि ठाकुरलाई तटस्थ बस्न भनिएको आँकलन छ।
‘आफ्ना मागहरु पुरा नभएकाले तटस्थ बस्ने निर्णय गरेका’
पार्टी नफुटाइदिन आग्रह
जबजब सत्ता परिवर्तन भएको छ, तब तब मधेशवादी दल चोइटिएका छन्। इतिहासले यहि भन्छ। नेपाली राजनिती चरम अवस्थामा पुगेको अहिलेका अवस्थामा पनि हतारमा एकिकृत भएको जसपा पनि फुटको सङ्घारमै छ। नयाँ सरकार बनेको खण्डमा अथवा यहि सरकारले निरन्तरता पाएको खण्डमा जसपाका दुई पक्षमध्ये एक पक्ष सरकारमा जान सक्छन्। यस्तो हुँदा जसपा फुटतर्फ उन्मुख देखिन्छ।
यहिविच आइतबर बिहान देउवा भेट्न पुगेका जसपा अध्यक्ष ठाकुरले सत्ताको लागि आफ्नो पार्टी नफुटाईदिन आग्रह गरेका छन्।