महामारीको समयमा आम नागरिकको सहायताका लागि विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरु अघि सरेर आइरहेका छन्। यसरी अग्रसरता लिएकाहरुमध्ये कसैले कोरोनाबाट प्रत्यक्ष प्रभावितहरुको सहयोग गरीरहेका छन् भने कसैले अप्रत्यक्ष मारमा परेकाहरुको पिडामा साथ दिइरहेका छन्। यसैविच काठमाडौं पुतलीसडकस्थित स्टुडेन्टस प्राइड एजुकेशनल कन्सलटेन्सी (स्पेक)ले पनि महामारीबाट अप्रत्यक्ष मारमा परेकाहरुको सहयोगको लागि हात बढाएको छ।
युथ क्यान नामक गैरसरकारी संस्था, रिटेल सेवा नामक इकमर्श र नेपाली पब्लिक डटकम सँगको सहकार्यमा स्पेकले एक बाल आश्रमका लागि खाद्यान्न जुटाउने अभियान शुरु गरेको छ। ‘रोगले गर्दा धेरैले ज्यान गुमाइरहेका छन्,’ स्पेकका प्रमुख कार्यकारी अधिकृत सुरज अधिकारी भन्छन्, ‘भोकका कारण चाँहि कसैले ज्यान गुमाउनु नपरोस भनेर हामीले यो काम गरिरहेका छौ।’ सहयोग जुटाएर एक बाल आश्रमलाई हस्तान्तरण गर्ने योजना रहेको उनले बताए।
नयाँ नेपाल समाज केन्द्रले सञ्चालन गरिरहेको बाल आश्रमलाई सहयोगको आवश्यकता भएको जानकारी पाएपछी आँफुहरुले अभियान शुरु गरेको युथ क्यानका अध्यक्ष एवम् रिटेल सेवाका प्रमुख सुदिपचन्द्र बख्रेलले जानकारी दिए। ‘बालआश्रममा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्रीहरु जुटाइरहेका छौ,’ अध्यक्ष बख्रेलले भने, ‘यसमा सहकार्य गरिदिनका लागि सबैलाई आह्वान गर्दछु।’ मुठ्ठीदानकै रुपमा सहयोग संकलन गरिरहेको उनले बताए।
अध्यक्ष बख्रेलले आफ्ना कम्पनीहरुको तर्फबाट ५० हजार रुपैयाँ जम्मा गरेर थप सहयोग जुटाउन थालिएको जानकारी दिए। ‘कतीले इच्छा हुँदा हुँदै पनि सहयोग गर्न पाइरहनुभएको नहोला,’ उनले थपे, ‘हामी स–सानो सहयोग एकत्रित गर्ने प्रयासमा लागेका हौ।’ अहिलेसम्म थप ६० हजार ६ सय १६ रुपैयाँ संकलन भएको उनले जानकारी दिए। संकलन भएको सहयोग रकमबाट सडक तथा मन्दिरमा रहेका कुकुर तथा बाँदरहरुलाई समेत खाना खुवाइने अध्यक्ष बख्रेलले जानकारी दिए।
यस अभियानको साझेदार नेपाली पब्लिक डटकमका अध्यक्ष तथा कार्यकारी सम्पादक सुरज खनालले महामारीको समयमा सहयोगका लागि निजी क्षेत्रहरुले पुर्याइरहेको योगदानको प्रशंसा गरे। ‘निजी क्षेत्रहरु आफैँ विभिन्न समस्याबाट गुज्रीरहेका छन्,’ कार्यकारी सम्पादक खनालले भने, ‘यस्तो अवस्थामा अरुको सहयोगको लागि अघि बढेका निजी क्षेत्रहरु वास्तवमै धन्यवादका पात्र हुन्।’
सहयोगका लागि नेपाली पब्लिकको सञ्चालक संस्था म्याक मिडिया एण्ड सर्भिसेज प्रा.लि.को सिद्धार्थ बैंकको खाता नम्बर ००४१५५३८२२१ र इसेवा र खल्तीको ९८५११५६८६३ मा सहयोग पठाउन सकिने स्पेककी निर्देशक अनिता रेग्मीले जानकारी दिइन।
दाताहरुको सुचि