हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको आफ्नै निजि निवासमा हत्या भएको छ। पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बुधबार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले एक विज्ञप्तिमार्फत खबर सार्वजनिक गरेका हुन्।
हत्यामा संलग्नको पहिचान नभैसकेकाे तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ। यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ। प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन्। साथै प्रधानमन्त्री जोजेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन्।
५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।