नेकपा (माओवादी केन्द्र) का नेता अनिल शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री छनौटको सम्बन्धमा सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्री छनौट प्रकृयालाई विधिसम्मत रुपमा अघि बढाउन आग्रह गरेका छन्। नेता शर्माले पार्टीका सांसदहरु मन्त्री पदको स्वभाविक दावेदार रहेको उल्लेख गर्दै यसलाई दबाबको रुपमा नलिन सुझाव दिएका छन्।
‘आफ्नो पार्टी सरकारमा सहभागी हुने अवस्थामा संसदहरु स्वभाविक रुपमा मन्न्रीका दावेदार हुन,’ उनले लेखेका छन्, ‘यसलाई प्रेसरको फिल गरी सार्वजनिक बक्तब्य होइन सहि एव्ं बैज्ञानिक तवरले विधि सम्मत निर्णय लिनु पर्यो।’
माओवादी नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का सहोदर भाई अनिल शर्मा काठमाडौ क्षेत्र नम्बर १ बाट बाम गठबंधनका उम्मेदवार समेत थिए।