उर्जा, जलश्रोत एवम सिँचाइ मन्त्री पम्फा भुसाल बिहिबार बिहानै धनुषा पुगेकी छन्। माओवादीका नेता एवम् पुर्व मन्त्रीद्वय मात्रीका प्रसाद यादव र रामचन्द्र झाको साथमा उनी धनुषा गएकी हुन्
धनुषाको कमला नदीमा आएको बाढी र त्यसले पुर्याएको क्षतीबारे अनुगमन गर्न उनी धनुषा गएकी हुन्। जनकपुर विमानस्थलमा उनलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले स्वागत गरेका थिए।
धनुषा पुगेकी मन्त्री भुषाल नेकपा माओवादी केन्द्र धनुषाको पार्टी कार्यालयमा नेता–कार्यकताहरुसँग अन्र्तकृयापश्चात कमला नदिले क्षती पुर्याएको क्षेत्रमा अनुगमनका लागि जाने आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहका सञ्चार संयोजक शिवम् शाहले जानकारी दिए।
पार्टीको निर्देशनमा मन्त्री मुषाल धनुषा गएको शाहले नेपाली पब्लिकलाई जानकारी दिए।