प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विघटित कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक सकिएको छ ।
बैठकमा कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने विषयमा छलफल भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा पार्टीको आन्तरिक विवाद मिलाउने प्रयास भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।
करिब दुई घण्टासम्म बसेको अनौपचारिक बैठकले सहमतिको प्रयास जारी राख्ने सहमति गरेको उनले बताए । केही विषयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्नुपर्ने भन्दै सो पक्षका नेताहरु नेता नेपाललाई भेट्न गएका छन् ।
एमालेको आजै ३ बजे स्थायी कमिटी बैठक बस्दैछ ।
सम्बन्धित समाचारः
एमाले स्थायी कमिटी बैठक बस्दै, पार्टी विवादबारे ठोस निर्णय हुने