एमाले फुटाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई उपाध्यक्ष वामदेव गौतमले साथ दिएका छन् ।
गौतमले आफूसँगै तुलसी थापा (गौतम श्रीमती) र माया ज्ञवालीलाई पनि नेपाल पक्षमा खुलाएका छन् ।
नेकपा हुँदै एमाले विवादसम्म कहिले केपी शर्मा ओली तर्फ त कहिले आफू तठस्थ रहेको बताउँदै आएका नेता गौतम निर्णायक क्षणमा नेपालको पक्षमा लागेका हुन् ।
वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए ।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल पक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ ।
अहिले माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरूको छलफल भइरहेको छ । उक्त छलफलमा वामदेवपत्नी तुलसा थापा सहभागी छन् ।