प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उक्त भेटमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको छ । तर, त्यस विषयमा निष्कर्ष पुग्न नसकिएको नेताहरुले बताएका छन् ।
एमाले फुटाएर नेपालले बुधबार मात्रै नेकपा एमाले समाजवादी गठन गरेका छन् । अब उनको पार्टी देउवा नेतृत्वको सरकारमा सहभागी हुनेछ ।