प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई कार्यवाही गर्न माग गर्दै जनमत पार्टिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरेको छ ।
बेटी पढाऊ, बेटी बचाऊ अभियानका नाममा मुख्यमन्त्री गद्दीले करौडौ भ्रष्टाचार गरेको भन्दै जनमत पार्टिले आयोगको बर्दिवास स्थित प्रादेशिक कार्यालय घेराउ गरेको हो ।
मुख्यमन्त्रीको प्रत्यक्ष संलग्नतामा साईकल खरिदमा अनियमितता भएको भन्दै सत्यतथ्य छानबिन गरी कार्यवाही गर्न दवाव दिने उद्देश्यले आयोगको कार्यालय घेराउ गरिएको जनमत पार्टिले जनाएको छ ।
कक्षा ८ मा पढ्ने किशोरीहरुलाई बितरण गर्न खरिद गरिएको साईकलमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।
मुख्यमन्त्रीले भने भ्रष्टाचार नभएको भनिआएका छन् ।
आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको सिके राउत नेतृत्वको जनमत पार्टिले ‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ ।’ सहितको नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दी बिरुद्ध प्रदर्शन गरेका गरेको हो ।