कानून व्यवसायीहरुको अवरोधकै बिच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।
अदालत परिसरमा आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतिरबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । जबरालाई अदालत प्रवेश गर्नबाट रोक्न भन्दै कानून व्यवसायीहरु बिहान १० बजे अघिदेखि नै सर्वोच्चमा जम्मा हुन थालेका थिए ।