नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतबाट एसएलआरसहितका दंगा प्रहरी हटाउन माग गरेको छ ।
बिहीबार बिहान प्रहरीले कानून व्यवसायीमाथि आक्रमण गरेपछि दिउँसो पत्रकार सम्मेलन गर्दै बारले एसएलआरसहितका दंगा प्रहरी हटाउन माग गरेको हो । बिहीबार अदालतमा प्रहरीले बल प्रयोग गर्दा १२ कानून व्यवसायी घाइते भएका थिए ।
बारका उपाध्यक्ष ईश्वरी खतिवडाले भने, ‘विश्वको कुनै पनि अदालतमा दंगा प्रहरी हटाइँदैन । तर, नेपालमा खटाइयो । एसएलआर बोकेका प्रहरी खटाएर अदालतलाई युद्ध मैदान बनाउन खोज्यो । त्यो हटाउन माग गर्दछु ।’
उनले अदालतमा किन दंगा प्रहरी खटाइयो भनेर गृह प्रशासन र अदालत प्रशासनले चित्तबुझ्दो जवाफ नदिए अन्तर्राष्ट्रियकरण गर्ने उनले बताए ।
शान्तिपूर्ण धर्ना कार्यक्रममा विचौलिया तथा भिजिलान्तेबाट आक्रमण भएमा अदालत र सरकारले जिम्मा लिनुपर्ने बारले जनाएको छ ।
बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।