नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैं सुरू हुन सकेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि आकांक्षीसँग छलफल गरिरहेका छन् ।
तर, अध्यक्षमा नेता भीम रावल र वरिष्ठ उपाध्यक्षमा सुवास नेम्बाङले दाबी नछाडेपछि ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि सकस परेको छ । ईश्वर पोखरेलले पनि वरिष्ठ उपाध्यक्षका लागि लबिङ गरिरहेका छन् । आफू निकट रहेका यी दुवै नेतालाई मिलाउन ओलीलाई अहिले सकस परेको छ ।
नेता रावल बन्दसत्रमा पुगिसकेका छन् भने ओली पुगेका छैनन् ।