नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रारम्भिक नामावलीअनुसार अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ ।
यो पनि पढ्नुहोस्
पहिलो नामावली सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।