नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा सभापती पदका लागी ४ जना मुख्य उम्मेदवारहरु मैदानमा छन् ।
वर्तमान सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापती बिमलेन्द्र निधी, पुर्वमहामंत्री प्रकाशमान सिंह र केन्द्रिय सदस्य शेखर कोईराला सभापतीको दौडमा रहेका छन् ।
देउवालाई कांग्रेसमा तेश्रो धार बनाई राजनिती गर्ने कृष्ण प्रसाद सिटौला समुहले सरेण्डर गर्दै सपोर्ट गरेको छ भने कोईरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । निधी र सिंह भने एक्लै चुनावी मैदानमा उत्रेका छन् ।
यसो हेर्दैजांदा सभापती पदमा देउवा र कोईराला समुहबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली कांग्रेसमा प्रदेश र केन्द्रका प्रतिनिधि छनौट गर्दा देखिएको समिकिरणलाई आधार मान्ने हो भने देउवाले पहिलो चरणमै ५१ प्रतिशत मतका सांथ सभापती पदमा निर्वाचित हुने देखिन्छ ।
कांग्रेसको बिधान अनुसार सभापतीका उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याउंदा पहिलो र दोश्रो हुनेबिच पुनः मदतान हुने छ ।
जिल्ला–जिल्लाबाट छनौट भएका प्रतिनिधिहरुको गुटलाई नियाल्ने हो भने देउवा–सिटौला प्यानलले ५१ प्रतिशत भन्दा बढी मत पाउनसक्ने छ ।
हेर्नुहोस प्रतिनिधिहरुको संख्या......
नोट:- यो आंकलन मात्रै हो ।