सोमबार शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा पुगेकोे छ ।
आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ ।
त्यस्तै, आज २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कित्ता शेयर कारोबार भए । जसबाट ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको छ ।
गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य ९ प्रतिशत, बोटलर्स नेपाल (तराई) ५ दशमलव ४० प्रतिशत तथा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ता र माउन्टेन इनर्जीको शेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।
स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीको शेयर सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।