नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणमा मतदान हुँदैछ । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२३, सिंहले ३६०, निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो चरणको मतदान हुने भएपछि देउवा सभापतिको उम्मेदवारबाट बाहिरिएका सिंह र निधिलाई भेट्न उनीहरुकै निवास पुगेका थिए । सो क्रममा सिंह र निधि दुबै जनाले दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने बचन दिएका छन् ।
सिंह र निधिले समर्थन गरेमा देउवा सभापतिमा विजयी हुने निश्चित छ ।
सिंह र निधिले देउवालाइै समर्थन गर्ने भएपछि सभापतिका उम्मेदवार शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । होटल मेरिएटमा उक्त पक्षले छलफल गरिरहेको छ ।
बैठकमा कोइरालाको समूह दोस्रो चरणको चुनावमा जाने किन नजाने भनेर छलफल गरिहेका छन् ।
दोस्रो चरणको चुनाव
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणमा मतदान हुँदैछ । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२३, सिंहले ३६०, निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।