नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।
शुक्रबार कांग्रेस पार्टी कार्यालयमा भएको मतगणनाअनुसार सभापति शेरबहादुर देउवा प्यानलका मन्सुर मुस्लिम क्लस्टर अन्तर्गत विजयी भएका हुन् ।
कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाए भने शेखर कोइराला प्यानलका शेख वकीलले १८७१ मत पाए ।
त्यस्तै, सहमहामन्त्री (खसआर्य)मा किशोर सिंह राठौर विजयी भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका राठौर प्रधिस्पर्धी देवराज चालिसेलाई पराजित गर्दै विजयी भए ।
राठौरसँग पराजित भएका चालिसे नेता शेखर कोइराला पक्षका उम्मेदवार हुन् । विजयी राठोरले २५७६ मत ल्याए भने पराजित चालिसेले २०५९ मत ल्याए ।