मधेश आन्दोलनका बेला केपि शर्मा ओलीको बिरोधमा गाउँ–गाउँबाट लाठी जुलुस लिएर आउने कोर मधेसका नागरिक उनै ओलीको दर्शन पाउन लालायित भएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट पर्सा जिल्लाको जगरनाथपुर गाउँपालीकाको प्रमुखमा जितेका जालीम मियाँलाई एमालेमा प्रवेश गराउन आज पर्सा जिल्लाको जगरनाथपुर पुगेका ओलीलाई हेर्न हजारौंको भिड उपस्थित भएको हो ।
एमाले प्रदेश २ कमिटिले ओली सहभागि हुने कार्यक्रममा प्रदेश २ को आठवटै जिल्लाबाट करिब एक लाख नेता कार्यकर्ता तथा नाम जनता जगरनाथपुरमा उतार्ने तयारी एकसाता पहिलेदेखी नै गरेको छ ।
मधेस बिरोधीको रुपमा प्रचारीत गरिएका ओलिलाई देख्न मात्र हजारौं नागरिक स्वस्फुर्त आउनथालेपछी उनको बर्चस्व मधेसमा समेत बढ्ने देखिन्छ ।
हेलिकप्टरबाट जगरनाथपुर पुगेका ओलीले त्यहांस्थित नवनिर्मित गाउंपालीका भवनको उदघाटन गरेका छन् ।
भवनको उदधाटन पश्चात विशाल आमसभालाई सम्बोधन गर्दै उनले गाउंपालिका प्रमुख जालिम मियाँ लगायत अन्य नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउने छन् ।