राष्ट्रियसभाको रिक्त रहेको १९ सिटमा आगामी माघ १२ गते निर्वाचन हुँदै छ । निर्वाचनमा भाग लिन विभिन्न राजनितिक दलहरुले निर्वाचन आयोगमा पार्टी दर्ता समेत गरिसकेका छन् ।
बदलिएको राजनितिक गठबन्धनपछी सत्तारुढ ५ राजनितिक दलहरुले भागवण्डा गरी निर्वाचनमा सामेल हुने भएका छन् ।
गठबन्धनबिच आजै १९ सिटको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ तथा जनमोर्चाले एक सीट लिने गरी सहमती गरेका छन् ।
जसपाले पाएको २ सिटको लागी पार्टीभित्र नामहरु लगभग तय भईसकेको हाम्रो श्रोतले जनाएको छ ।
श्रोतका अनुसार जसपाबाट महाजन यादव तथा नवराज शुवेदीले टिकट पाउने लगभग ‘कन्फर्म’ भईसकेको छ ।
सडक विभागका पुर्व डिई महाजन यादव जसपाका केन्द्रीय सदस्य हुन । उनि सडक दुर्घटनामा मृत्यु भएका ततकालिन तराई–मधेश लोकतान्त्रीक पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीकृष्ण यादवका भाई हुन ।
सरकारी सेवाबाट अवकाश पाएपछी जसपामा लागेका यादव राष्ट्रियसभाको सदस्य हुन उपेन्द्र यादवको सम्पर्कमा रहेको बुझिएको छ । गठबन्धनबाट जित्ने लगभग पक्कापक्की भएको उक्त पदका लागी आर्थिक लेनदेनका कुराहरु भएको समेत केही सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यता डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट समायोजन भई जसपामा आएका नेता नवराज शुवेदी समेत जसपाको टिकटबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार हुने खबर प्राप्त भएको छ ।
२०७० सालको आम निर्वाचनमा प्रतिनिधिसभाको समानुपातीक उम्मेदवार भएका शुवेदीले राष्ट्रियसभा सदस्य उम्मेदवार हुनैकालागी निर्वाचन आयोगबाट समानुपातीक सुचिबाट आफ्नो नाम हटाएका छन ।
राष्ट्रियसभाको निर्वाचनमा भाग लिन समानुपातीक सुचिबाट नाम हटाउनुपर्ने कानुनी बाध्यताका कारण शुवेदीले हिजै नाम हटाउने निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
जसपाको निर्वाचन समितिका प्रमुख रहेका शुवेदी भट्टराईका विश्वासपात्र हुन् । संघीय सरकारमा मन्त्री पठाउँदा भट्टराई खेमाका कोही नपरेकोले पार्टी भित्रै भागवण्डा मिलाउन शुवेदीलाई राष्ट्रियसभामा पठाउने निर्णय उपेन्द्र यादवले गरेको बुझिएको छ ।
पार्टीका अर्का नेता अशोक राईको खेमाबाट राजेद्र श्रेष्ठ मन्त्री बनेपछी भट्टराईलाई समेत भाग दिनुपर्ने भएकोले उनलाई अगाडी सारीएको जसपा श्रोतले जनाएको छ ।