आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलले मधेसी उम्मेदवार बनाएका बनाइएको छैन ।
यसले सत्तारुढ दलले मधेसको नेतृत्व स्वीकार नगरेको देखिएको आरोप लागेको छ ।
१९ सिटमा सत्तारुढ दल कांग्रेसले ६, माओवादी र समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने सहमति भएको थियो । जसमा कुनै पनि दलले मधेसी उम्मेदवार बनाएका बनाएनन् ।
मधेसबाट नेतृत्व गर्ने दल जसपाले पनि मधेसी उम्मेदवार बनाएन । २ सिट पाएको जसपाले प्रदेश २ बाट मुस्लिमलाई उम्मेदवार बनाएको छ । उसले प्रदेश २ बाट मो.खालिद सिद्दिकी र प्रदेश १ बाट हेमराज राईलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले प्रदेश २ बाट उर्मिला अर्याललाई उम्मेवार बनायो ।
पछिल्लो समय माओवादी आन्दोलनको आधारभूमी मधेस रहे पनि मधेसका नेतृत्वलाई कहिल्यै स्वीकार गरेको छैन । मधेसलाई आन्दोलनको लागि आफ्नो गढको रुपमा मात्रै माओवादीले प्रयोग गर्दै आएको आरोप लाग्ने गरेको छ ।
मधेस समेतमा माओवादीले पहाडी मुलका नेताहरुलाइ बोक्ने गरेको आरोप लाग्ने गरेको छ । मधेससंग लभ परेको टिप्पणी दिए पनि यहाँको समुदालाइ आत्मसात गर्न नसक्ने पार्टी अध्यक्ष प्रचण्डको कमजोरी रहेको एक माओवादी नेता बताउँछन् ।
एमाले र लोसपाका मधेसी उम्मेदवार
विपक्षी दल एमालेले भने खुलाबाट असर्फी यादव (धनुषा) र महिलाबाट बिना साह (रौतहट)लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले भने मधेसीलाई उम्मेदवार बनायो । उसले रुपक कुमारी यादवलाई उम्मेदवार बनाएको छ ।