नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई कालोमोसो दलेको छ ।
बढी शुल्क लिएको भन्दै शुक्रबार अनेरास्ववियूले मेडिकल व्यवसायी शर्मालाई कालोमोसो दलेको हो । मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कनेक्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको हो ।
उप–महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले शर्मालाई कालोमोसो दलेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् ।
कालोमोसो दल्ने दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई तत्काल रिहाई गर्न पराजुलीले माग गरेका छन् ।