चीनमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतवार आयोगले आफुहरुका मागहरुको कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेका हुन् ।
उनिहरुले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै उपाध्यक्ष श्रीकृष्ण गिरीको राजीनामा समेत माग गरेका छन् । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
तर, निर्णय भएको दुई हप्ता हुँदा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको भन्दै चीनबाट एमबीबीएस अध्ययन गरेका २०१५ र १६ औँ ब्याचका विद्यार्थीहरुले आफुहरुका माग पुरा नभएपछि आजदेखि आन्दोनमा उत्रिएका हुन् । इन्टर्नशीप व्यवस्थापन नभएसम्मका लागि तालाबन्दी गरिएको उनिहरुले बताएका छन् ।
बढ्दो कोरोना महामारीको समयमा यथाशीघ्र अस्पतालहरूमा जनशक्तिको व्यवस्थापन गर्नुको सट्टा यस विषयमा कुनै सुनुवाई नभएको गुनासो गरेका हुन् ।
उनिहरुले सरकार आफुहरुको भविष्य प्रति सकारात्मक रहेपनि चिकित्सा शिक्षा आयोगले भने आफ्नो दादागिरी देखाएको आरोप लगाउदै आन्दोलनका कार्यक्रम जारी रहने उनिहरुले बताएका छन् ।
यी हुन् विद्यार्थीका मागहरु :-