नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्नेछ ।
बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सम्पादन समिति गठन गर्ने प्रमुख एजेण्डा रहेको छ ।
केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।
साथै, बैठकमा स्थानीय तहको चुनावको मितिबारे छलफल हुनेछ । स्थानीय तहको चुनाव वैशाखमै गर्ने किन गठबन्धनमा आएको प्रस्तावअनुसार सार्ने भन्ने विषयमा कांंग्रेसभित्र दुई खाले मत छन् ।
त्यस्तै, बैठकमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको समीक्षा, संसदको अवरोध हटाउनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
महामन्त्री गगन थापासहितका नेताहरूले सभापति देउवालाई भेटेर भर्चुअल माध्यमबाट भए पनि बैठक राख्न माग गरेका थिए ।