कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
आज बसेको सीसीएमसीसी बैठकले निजी र ट्याक्सीमा मात्र जोरबिजोर प्रणाली कायम राख्दै सार्वजनिक सवारी साधनमा यो प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिससमेत गरेको उनले बताइन् ।
यस्तै, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको छ ।