केहिदिनदेखि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) फुट्न लागेको चर्चा सर्वत्र भईरहेको छ ।
लोसपाकै नेता तथा पुर्व राष्ट्रियसभा सदस्य वृजेशचन्द्र लाल पक्षधरका नेताहरुले पार्टी विभाजन गरी तमलोपा व्युँत्याउने कुरा सञ्चारमाध्यममा आएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएपछी छुट्टै राजनितिक सिद्धान्तका साँथ अगाडि बढिरहेको लोसपा फुट्ने कुराभित्र के–कति वास्तविकता छ त ?
यसबारे हाम्रा वरिष्ठ सम्वाददाता संजय तिवारीले लोसपा कार्यकारिणी समितिका सदस्य तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलसंग कुराकानी गरेका छन् । सोनलसंग गरिएको संक्षिप्त कुराकानिको सारांस ।
नेपालीपब्लिक– के लोसपा विभाजन हुनलागेको हो त ?
सोनल– लोसपा विभाजन हुने कुरा निराधार हो । पार्टीभित्र यसबारे कुनैपनी जानकारी छैन् । यो सञ्चारमाध्यममा आएको हल्ला मात्रै हो ।
नेपालीपब्लिक– तपाईँकै पार्टीका नेताले तमलोपा दर्ता गराएका छन नि त ?
सोनल– बहुदलिय व्यवस्थामा जोसुकैले पनी पार्टी दर्ता गर्न सक्दछ । कसैले पार्टी दर्ता गर्दैमा लोसपा फुट्यो भन्ने हुँदैन।
नेपालीपब्लिक– तर लोसपाकै कार्यकारिणि सदस्य वृजेशचन्द्र लालले पार्टी दर्ता गराएको चर्चा भईरहेको छ नि ?
सोनल– लालजीले नै दर्ता गराएका हुन या अरु कसैले हामिलाई जानकारी छैन् । लोसपाको केन्द्रमा अध्यक्ष लगायत ३१ सदसिय कार्यकारिणि समिति छ । कुनै एक सदस्यले पार्टी दर्ता गराएमा पार्टी बिभाजन हुने होईन्, यस विषयमा लालजीले कुनै कुराकानि गर्नुभएको पनी छैन् ।
नेपालीपब्लिक– भर्खर मात्रै जसपाबाट छुटिएको पार्टीभित्र किन असंतुष्टि पलाएको हो त ? लालजीहरु किन अलग हुन खोजेका हुन ?
सोनल– पार्टीभित्र कुनैप्रकारको असंतुष्टि छैन् । केन्द्रिय कार्यकारिणिको निर्णय र अध्यक्षज्युकै निर्देशनमा प्रदेश तथा जिल्ला कमितिहरुको पुर्नगठन भईरहेको छ । हामि पार्टीलाई थप मजबुत गर्ने दिशामा लागेका छौं । लालजीहरुको आफ्नै स्वास्थ्य होला हामिलाई त्यसबारे थाहा छैन् ।
नेपालीपब्लिक– के स्वार्थ छ त लालजीको ?
सोनल– पार्टी भनेको समुहगत निर्णयबाट चन्ने संगठन हो । लालजीलाई यसअघी पार्टीले नै निर्णय गरेर राष्ट्रियसभाको सदस्यमा निर्वाचित गराएको थियो । उनको कार्यकाल समाप्त भएपछी अन्य नेतालाई राष्ट्रियसभामा पठाईएको हो । सायद आफुलाई ‘कन्टिन्यु’ नगरिएकोले उनि असंतुष्ट होलाल, तर त्यो उनको व्यक्तिगत असंतुष्टि होला लोसपा आफ्नो सिस्टममै चलेको छ ।
नेपालीपब्लिक– भन्नाले राष्ट्रियसभा सदस्य नबनाईएका कारण लालजीहरुले पार्टी विभाजन गर्न खोजेका हुन ?
सोनल– मैले पहिला नै भने एकजनाले गर्दा पार्टी विभाजन हुँदैन । पार्टीबाट अलग भई अर्को पार्टी बनाउनु वा अर्कै पार्टीमा सामेल हुनु त्यो स्वतन्त्रता सबैमा छ । लालजीको मुल समस्या के हो भन्ने जानकारी छैन, तर राष्ट्रियसभामा आफुलाई कन्टिन्यु गर्न उनले लबिङग गरेका थिए, पार्टीले अर्का नेतालाई अवसर दिएपछी उनि २ वर्ष पहलादेखी नै व्यक्तिगत रुपमा असंतुष्ट छन जस्तो लाग्छ ।