प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ ।
फोनवार्तामा अमेरिकी सहयोग सम्झौता (एमसीसी) लाई पठाइएको गोप्य पत्र सार्वजनिक गरेकोमा प्रचण्डले देउवासमक्ष आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री देउवा र प्रचण्डले अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसदबाट पारित गराउने भन्दै संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र आइतबार सार्वजनिक भएको थियो ।
गोप्य पत्र बालुवाटारले सार्वजनिक गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।
देउवाले माओवादी नेता नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेको बताइएको छ ।