प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।
केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरू भएको हो । उक्त छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।
भेटमा संसद अवरोध अन्त्य, एमसीसी, स्थानीय तह निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
संसद अवरोध हटाउन आग्रह गर्दै देउवा ओली निवास पुगे पनि एमालेले संसद अवरोध कायमै राखेको थियो । साथै, ओलीले सर्वदलीय बैठक बहिष्कार गर्दै आएका थिए ।
तर, ओली एक्कासि देउवा र प्रचण्डसँग भेटवार्ता गर्न तयार हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन् । एमालेले नेपाललगायतका सांसदलाई कारवाही गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
सम्बन्धित समाचारः
देउवा र प्रचण्डले पठाएको पत्रको भ्रममा नपर्नुस्, यथास्थितिमा एमसीसी स्विकार गर्न सकिँदैनः श्रेष्ठ
एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक भएपछि प्रचण्डले गरे देउवालाई फोन, के भयो कुराकानी ?
चर्चामा एमसीसीः देउवा र प्रचण्डले पठाएको गोप्य पत्रको जवाफमा अमेरिकाले के भन्यो ?