बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बिहान १० बजे सुरु बैठकमा एमसीसीका विषयमा छलफल भएको थियो ।
बैठक विना निष्कर्ष सकिएको छ। बैठक आइतबार बिहान १० बजे पुनः बस्ने बताइएको छ।
बैठक सकिएलगत्तै माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बालुवाटारवाट बाहिरिएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहोर्याएको छ ।
बालुवाटार बैठकअघि माओवादी केन्द्र एकीकृत समाजवादी र जसपा नेताहरुले खुमलटारमा छलफल गरेका थिए ।