अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)सुदूरपश्चिम प्रदेशले धनगढीमा शनिवार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’सार्वजनिक गरेको छ ।
केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा शनिवार धनगढीमा पनि सार्वजनिक गरिएको हो ।अनौपचारिक सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न थालेको ३० वर्ष पुरा भएको छ ।
इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२१ मा सुदूरपश्चिममा ७ सय ६ मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन् । सन् २०२० मा प्रदेशमा ५ सय १७ मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका थिए ।
यसरी हेर्दा प्रदेशमा मानवअधिकार उल्लघनका घटनामा अझै पनि कमि भने आउन सकेको छैन । सन् २०२१ राज्य पक्षबाट २१ मानवअधिकार उल्लघनका घटनामा सार्वजनिक भएका छन् भने अन्य पक्षबाट ६ सय ८५ रहेको इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएको छ ।
सन् २०२१ मा पनि महिलामाथि हुने हिंसामा कमि आउन सकेको छैन । यस वर्ष महिलामाथि भएका हिंसाका घटना ५ सय ३३ जना पीडित भएको जनाएको छ । सन् २०२० मा ३ सय ११ जना पीडित भएका थिए ।
गत वर्ष परिवारका सदस्यबाट १३ जनाको हत्या हुँदा यस वर्ष ३ जना महिलाको परिवारजनबाट हत्या भएको इन्सेको वर्ष पुस्तकमा उल्लेख गरिएको छ ।
नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकार सँग सम्बन्धित घटना र सूचना प्रकाशन गरिएको अनौपचारिक सेवा केन्द्रका सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले जानकारी दिए।