नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको जानकारी दिए । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ ।
चार माओवादी नेताको असहमति
व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् ।
यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो ।