सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता एवं उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले बताए।
रामचन्द्र पौडेलले बताए। बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै पौडेलले भने, “ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने गठबन्धनले निर्णय गरेको छ।”राष्ट्रिय जनमोर्चा बाहेक चार दलको बैठक बसेको थियो।