प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयदेखि प्रतिनिधि सभा चुनावसम्मै सत्ता गठबन्धन मिलेरै चुनाव लड्ने संकेत गरेका छन् ।
बिहीबार बीरगंजमा भएको कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा कार्यक्रममा देउवाले आउने चुनावमा सत्ता गठबन्धन मिलेरै चुनाव लड्ने संकेत गरेका हुन् ।
अहिलेको अवस्थामा कुनै पार्टीको बहुमत आउने सम्भावना नरहेको र सत्ता गठबन्धनका दल मिलेर जानुपर्ने विषयमा छलफल गरिने बताए । सत्ता गठबन्धन मिलेर चुनाव लडेमा नयाँ बन्ने सरकार आफूहरुको हुने देउवाले दाबी गरे ।
उनले गठबन्धनमा केही समस्या भए पनि त्यसलाई समाधान गरेर अगाडि बढ्ने बताए । उनले गठबन्धनका पार्टीलाई चिढाउने काम नगर्नु आग्रह गरे । उनले भने, ‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, सबैको सहयोगमा अगाडि जानुपर्छ । एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियो ? धेरै ठाउँ हारिएको थियो ।’
एमसीसीले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने र अरु सहयोग पनि पाइने देउवाले बताए ।