नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।
उनले आज विज्ञप्ति जारी गर्दै कञ्चन र सुदर्शनलाई पदमुक्त गरेको जानकारी दिएका छन् । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
अराजकतावादी, अवसरवादी र विचलनवादी गतिविधिका कारण कञ्चन र सुदर्शनलाई पदमुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले पार्टी र नेतृत्वविरुद्ध लागेको आरोप लगाइएको छ ।
साथै, उनीहरुले पार्टीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेकोहरुलाई सहयोग गर्नुको साटो फिर्ता नभएर कारवाही गर्ने चेतावनी दिएकोले बाध्य भएर पदमुक्त गरिएको बताइएको छ ।