सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
अब कार्यालय बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म खुल्नेछन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरेको थियो ।
त्यस्तै, निगमले सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको थियो । तर, उक्त विषयमा भने कुनै निर्णय भएको छैन ।