नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको हो । सिंह गत महिना एआईजीमा बढुवा भएका थिए ।
सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ । सिंहले २०४९ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा सुरू गरेका थिए ।
आईजीपीका लागि सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक दौडमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले वरीयतामा तेस्रो नम्बरमा रहेका सिंहलाई आईजीपी बनाएका हुन् ।
तर, सत्ता गठबन्धनका नेता र गृहमन्त्री बालकृष्ण खाँण वरीयता नमिचेरै अर्थात् पहिलो नम्बरमा रहेका विश्वराज पोखरेललाई आईजीपी बनाउनुपर्ने अडानमा थिए ।
२०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित उच्च प्रहरी अधिकारीहरू भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।