निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई स्पष्टीकरण सोधेको छ ।चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दुवै जनालाई स्पष्टीकरण सोधेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।
यस्तै नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।