बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न काठमाडौंबाट गाउँ जानेहरुको क्रम दैनिकरुपमा बढ्दो रहेको छ।
पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ५६ सवारी साधन उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार दिउँसोसम्म प्राप्त तथ्यांक अनुसार काठमाडौंबाट ५९ हजार ६१ जनाभन्दा बढी काठमाडौं बाहिरिएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ३२ सवारीसाधन उपत्यका भित्रिएका छन् ।
जसमा ४२ हजार आठ सय ३२ यात्रु विभिन्न जिल्लाबाट काठमाडौं आएको कार्यालयले जनाएको छ ।